आर्सनल र एथलेटिको मड्रिड युरोपा लिगको प्रि क्वाटर फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-११
  • |
  • 192 पटक हेरिएको

नेप्लेज ११ फागुन । आर्सनल र एथलेटिको मड्रिड युरोपा लिग फुटबलको प्रि क्वाटर फाइनलमा प्रवेश गरेका छन् । गयराति अन्तिम १६ मा प्रवेशकालागि भएको दोस्रो लेगमा स्वीडिस क्लब अस्टरसन्डसँग २–१ गोल अन्तरले पराजित भएपनि आर्सनल प्रि क्वाटर फाइनलमा पुगेको हो ।

आर्सनलले समग्रमा ४–२ गोल अन्तरको जित निकाल्न सफल भयो । गत साता भएको पहिलो लिगमा आर्सनल ३–० गोल अन्तरले विजयी भएको थियो ।

आर्सनल घरेलु मैदानमा भने पराजित हुन पुग्यो । पहिलो हाफको २२ र २३ औँ मिनेटमा गरि २ गोल खाएको आर्सनलले दोस्रो हाफको सुरुमै एक गोल फर्कायो ।

यस्तै गयरातिनै भएको दोस्रो लेगमा एथलेटिको मड्रिडले कोभिन हेभनलाई १–० ले हराउँदै समग्रमा ५–१ गोल अन्तरको नतिजा सहित मड्रिड प्रि क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

एथलेटिकोकालागि केभिन गमेरियोले सात औँ मिनेटमा गरेको गोलनै निर्णायक भएको थियो ।
यसअघिको पहिलो लेग ४–१ गोल अन्तरले एथलेटिकोले जितेको थियो । यता, फावियो बोरिनीको गोलको सहयोगमा इटालियन क्लब एसिमिलानले वुल्गेरियाली क्लब लुडोगोरेसलाई हराउँदै प्रि क्वाटर फाइनलमा स्थान बनाएको छ । पहिलो लिग उसले ३–० ले जितेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey