Prabhu Bank

हेटौंडा गोल्डकपको उपाधिका लागि आर्मी र पुलिस भिड्ने

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-१०
  • |
  • 8 पटक हेरिएको

फागुन १०, मकवानपुर । सुमन भोम्जन स्मृति तेस्रो हेटौंडा गोल्डकप फुटबलको उपाधिका लागि बिभागीय टोलीहरु त्रिभुवन आर्मी र नेपाल पुलिस भिड्ने भएका छन् ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिसले संकटा क्लवलाई हराउँदै उपाधिका लागि आर्मीसँगको भेट पक्का गरेको हो ।

आर्मी पहिलो सेमिफाइनलमा मनाङ मर्स्याङदीलाई हराउँदै बुधबारै फाइनलमा पुगेको थियो ।

बिहीबार हेटौंडा रंगशालामा भएको सेमिफाइनलमा पुलिसले संकटाको चुनौति २–० ले समाप्त पारिदियो । खेलको १९औं मिनेटमा दिनेश राजवंशीको उत्कृष्ट हेडिङ गोलमार्फत पुलिसले अग्रता लिएको थियो ।

दोस्रो हाफ सुरु भएको आठौं मिनेटमा पुलिसले अग्रता दोब्बर बनायो । यसपटक निरकुमार राईले गोल गरे ।

पुलिसले आयोजक टोली र संकटाले थ्रीस्टारलाई हराउँदै सेमिफाइनलमा पुगेका थिए ।

बिभागीय टोली आर्मी र पुलिसबीचको उपाधि भिडण्त शनिबार हुनेछ ।

भर्खरै

Advertisement