एसईईका कारण आठौं खेलकूद चैत अन्तिम साता हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-११-०६
  • |
  • 226 पटक हेरिएको

काठमाडौं, ६ फागुन।  प्रदेश पाँचमा आयोजना हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता चैत अन्तिम साता हुने सम्भावना बढेको छ ।

भौतिक पूर्वाधारका कारण मंसिरमा तय भएको खेलकूद पुस माघ भन्दै फागुन अन्तिम साता गर्ने तयारी गरिएको थियो । अहिले पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगको जनाइए पनि खेलकूदको मिति भने अझै तय गरिएको छैन् ।

तर चैत १० गतेदेखि २२ गतेसम्म एसईई परीक्षा चल्ने भएकाले परीक्षाका बेला प्रतियोगिता आयोजना गर्न नसकिने निष्कर्षमा राष्ट्रिय खेलकूद परिषद राखेप पुगेको स्रोतले जनाएको छ । ‘परीक्षा अगाडि खेलकूद आयोजना गर्दा परीक्षा दिने खेलाडीको पढाई विग्रने भएकाले प्रतियोगिता एसईई परीक्षा पछि गर्ने तयारी भएको हो’ स्रोतले भन्यो ।

आठौं प्रतियोगिताका लागि अहिले प्रदेशस्तरीय छनोंट चलिरहेकाले अब सजिलै तयारी पुरा हुने पनि राखेपको भनाई छ । राखेपका सदस्य सचिव केशब कुमार विष्वटले कहिले कुन मितिमा भन्दा पनि २०७५ साल भित्रै आठौं राष्ट्रिय खेलकूद आयोजना हुने बताउँदै आएका छन् ।

सदस्य सचिव विष्टले चाँडैनै बैठक बसेर औपचारिक मिति घोषणा गर्ने बताएका थिए । प्रतियोगिताको उद्घाटनस्थल नेपालगञ्ज रंगशाला निर्माणको काम पनि अन्तिम चरणमा पुगेकाले अब प्रतियोगिताको मितिमा नअल्झीने बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey