किङस र एनइसी विजयी

0

फागुन १०, काठमाडाैं । किङस कलेज र नेपाल इन्जिनिएरिङ कलेज (एनइसी) ‘ए’ ले क्यारेबियन कप अन्तरकलेज टि– ट्वेन्टी क्रिकेट प्रतियोगितामा बिहीबार जित हात पारेका छन् ।

किङसले हेन्रीफोर्ड कलेजलाई ४० रनले हरायो । पहिले ब्याटिङ गरेको किङसले १९.३ ओभरमा अलआउट हुनुअघि १ सय ३९ रन बनाएको थियो । रोहन साहले सर्वाधिक २४ रन योगदान गरे । किङसका आकाश केसी ‘म्यान अफ द म्याच’ चुनिए । उनले २० रन बनाउनुका साथै २ विकेट लिए ।

जवाफमा हेन्रीफोर्डले पूरै ओभर खेल्दै ७ विकेट क्षतिमा ९९ रन बनायो । विशालबाबु अधिकारीले ४२ रन बनाए ।

अर्को खेलमा एनइसीले काठमाडौं फरेस्ट्री कलेजलाई १ सय १६ रनको फराकिलो अन्तरले हरायो । एनइसीले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा १ सय ५६ रनको योगफल बनायाे । सचिन जैशवालले २८ रन जोडे । ह्याट्रिक विकेट लिएका एनइसीका सुरज चन्द ‘म्यान अफ द म्याच’ बने । फरेस्ट्री १४ ओभरमा अलआउट हुँदै मात्र ४१ रनमा समेटियो ।

 

Post Add 1025X115
Loading...