ग्लोबल र एडभान्स क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-११-०५
  • |
  • 190 पटक हेरिएको

ग्लोबल र एडभान्स दोश्रो माफ अन्तरविद्यालय छात्र भलिबल प्रतियोगितामा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
दोहोरो जित निकालेको ग्लोबलले नेपाल मेगा र नोबेललाई समान २–० को सोझो सेटमा पराजित गर्‍यो ।

एड्भान्सले नोबेललाई २–० को सीधा सेटमा हरायो । म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) द्वारा आयोजित प्रतियोगितामा क्याम्ब्रिज र जगत मन्दिरले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

क्याम्ब्रिजले सम्भावीलाई २–० ले पन्छ्याउदै समूह ‘बी’ को विजेता बन्यो । सोही समूहको उपविजेताका रुपमा क्वाटरफाइनल पुग्ने क्रममा सम्भावीले पिस प्वाइन्टमाथि २–१ को जित दर्ता गर्‍यो ।

जगत मन्दिरले प्रस्फुटन तथा रिभेरालाई समान २–० को सोझो सेटमा निराश पार्‍यो । दुई जितसंगै ग्लोबल समूह ‘डि’ को विजेता भयो । रिभेरा पनि समूह ‘डि’ को उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्न सफल भयो ।

क्वाटरफाइनल ग्लोबल र लाइसियम मोडेल, एडभान्स र ज्ञान निकेतन, क्याम्ब्रिज र रिभेरा तथा जगत मन्दिर र सम्भावीबीच हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey