Prabhu Bank

प्रधानसेनापति कप भलिबलको सेमिफाइनल समीकरण पूरा

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-१०
  • |
  • 1 पटक हेरिएको

फागुन १०, काठमाडौं । प्रधानसेनापति कप तेस्रो राष्ट्रिय पुरुष भलिबलको सेमिफाइनल समिकरण पूरा भएको छ ।

नेपाली सेनाको खेलकुद प्रशिक्षण तथा तालिम केन्द्र लगनखेलमा जारी प्रतियोगितामा समूह ए बाट आयोजक टोली समूह विजेता तथा अर्को बिभागीय टोली एपीएफ उपविजेताका रुपमा सेमिफाइनलमा पुगेका छन् ।

त्यस्तै समूह बी बाट पश्चिमाञ्चल बिकास क्षेत्र विजेता र नेपाल पुलिस क्लव उपविजेताका रुपमा सेमिफाइनलमा पुगे ।

सेमिफाइनल खेलहरु शुक्रबार हुनेछन् ।

बिहीबार भएका समूह चरणका अन्तिम खेलमा समूह ए बाट एपीएफले मध्यपश्चिमलाई २५–१३, २५–१४ र २५–७ को सोझो सेटमा हराउँदै समूह उपविजेता पक्का गरेको हो ।

समूह ए बाटै आजै भएको खेलमा त्रिभुवन आर्मीले पनि सुदूरपश्चिमबिरुद्ध २५–११, २५–१२ र २५–१० को सेटमा जित निकाल्दै समूह विजेता बन्यो । आर्मी समूह ए बाट अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो ।

यता समूह बी अन्तर्गतको खेलमा पश्चिमाञ्चल बिकास क्षेत्रले बिभागीय टोली नेपाल पुलिसलाई हराउँदै समूह विजेताका रुपमा सेमिफाइनलमा पुग्यो । पश्चिमाञ्चलले पुलिसलाई ५–२ को सेटमा हरायो । पहिलो र दोस्रो सेट पश्चिमाञ्चलले क्रमसः २५–२२ र २५–२० ले जित्यो । त्यसपछिका दुई सेटमा पुलिस हाबी भयो । पुलिसले २ सेट क्रमसः २०–२५ र २७–२९ ले जित्यो । अन्तिम तथा निर्णायक सेटमा पश्चिमाञ्चलले पुलिसको चुनौति १५–११ ले पन्छायो ।

समूह बी कै अर्को खेलमा मध्यामाञ्चलले पूर्वाञ्चललाई ३–१ को सेटमा पराजित गरेको थियो ।

भर्खरै

Advertisement