Prabhu Bank

सुदूरपश्चिम, मध्यमाञ्चल र एपीएफ राष्ट्रिय महिला क्रिकेटको सेमिफाइनलमा

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-१०
  • |
  • 3 पटक हेरिएको

फागुन १०, कैलाली । बिभागीय टोली एपीएफ र मध्यमाञ्चल कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।

पश्चिमाञ्चल दुवै खेलमा हार व्यहोरेर प्रतियोगितावाट वाहिरिएसँगै समूहको एक खेल अगावै घरेलु टोली सुदूरपश्चिम पनि सेमिफाइनलमा पुगेको छ ।

विहीवारको पहिलो खेलमा समुह ए मा रहेको मध्यमाञ्चलले पश्चिमाञ्चललाई ४४ रनले हरायो । टस हारेर व्याटिङको निम्तो पाएको मध्यमाञ्चलले २० ओरभमा ४ विकेटको क्षतिमा १ सय १३ रन बनायो । मध्यमाञ्चलका लागी सिता श्रेष्ठले ४५ बलमा ४९ रन बनाइन् । यस्तै कञ्चन श्रेष्ठले २४ र रोशनी बोहराले १० रनको योदान दिइन् ।

२० रनमै २ विकेट गुमाएर धरमराएको मध्यमाञ्चलको पारीलाई कञ्चनर र सिताको ८२ रनको साझेदारीले सम्हालेको थियो । बलीङमा पश्चिमाञ्चलकी कप्तान बर्षा रानाले १ विकेट लिइन् ।

१ सय १४ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको पश्चिमाञ्चलले २० ओरभरमा ७ विकेट गुमाउँदै ६९ रन मात्रै बनाउन सक्यो । पश्चिमाञ्चलका लागि नितु भण्डारीले १० र बर्षा रानाले ८ रन मात्रै बनाउन सके । पश्चिमाञ्चललाई सस्तैमा समेट्ने क्रममा अश्विनी कर्माचार्य र आरती विराडीले समान २÷२ विकेट लिइन भने २ जना रन आउट भएका थिए । खेलको प्लेयर अफ द म्याच मध्यमाञ्चलकी सिता श्रेष्ठ भइन् ।

पश्चिमाञ्चलले लगातार दोश्रो हार व्यहोरेपछि प्रतियोगीताबाट बाहीरीएको छ भने सोही समुहमा रहेको घरेलु टोली सुदुरपश्चिम लिगको एक खेल बाँकी रहँदै उद्धघाटन खेलमा पाएको जितले सेमीफाईनलमा पुगेको छ ।

समुह विजेताका लागि अव सुदुरपश्चिमाञ्चल र मध्यमाञ्चलले भोली प्रतिस्पर्धा गर्नेछन ।

विहीवारको दोश्रो खेलमा समुह बी मा रहेको एपीएफले पूर्वाञ्चललाई ४ विकेटले हरायो । टस जितेर व्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ६४ रन बनायो । पुर्वाञ्चलका लागी कप्तान रुवीना क्षेत्रीले २७ रन बनाउन बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । एपीएफकी सोनु खड्काले २ विकेट लिईन् ।

६५ रनको लक्ष्यसहित मैदान उत्रिएको विभागीय टोली एपीएफले निकै खराव सुरुवातकाबीच ४ विकेटको जित दर्ता गर्न सफल भएको हो । एपिएफले १५.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेटायो ।

पुर्वाञ्चलकी कप्तान क्षेत्रीको कसीलो बलिङका अगाडी एपीएफको पारी धरमराएको थियो । एपीएफले ७ रन बनाउँदा उसका सुरुआती ५ विकेट गइसकेका थिए । छैटौं विकेटका लागि करुण भण्डारी र ममता चौधरीले २२ रनको साझेदारी गरी इनिङ उकासेका थिए । ममता चौधरी १६ रनमा आउट भएपछि आएकी इन्दू बर्माले भण्डारीसँग मिलेर ३७ रनको साझेदारी गरी टिमलाई महत्वपूर्ण जित दिलाइन् ।

भण्डारी, चौधरी र बर्माले समान १६÷१६ रन बनाए । पूर्वाञ्चलकी रुवीना क्षेत्रीले ३ विकेट लिए पनि टिमलाई जिताउन सकिनन् । करुणा भण्डारी प्लेयर अफ द म्याच बनिन् ।

प्रतियोगिता अन्तरगत शुक्रवार पहिलो खेल पुर्वाञ्चल र मध्यपश्मिाञ्चल र दोश्रो खेल सुदुरपश्चिम र मध्यमाञ्चल बीच हुने छ । पुर्वाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रको खेलमा विजयी टोली सेमिफाइनलमा पुग्नेछ ।

प्रतियोगिताको विजेताले पाँच लाख तथा उप–विजेताले दुई लाख रुपैया पुरस्कार प्राप्त गर्ने छन् ।

भर्खरै

Advertisement