सानीमा बैंकले सन्दिपको प्रायोजन रकम बढायो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१०
  • |
  • 352 पटक हेरिएको

फागुन १०, काठमाडौं । सानीमा बैंकले आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी तथा राष्ट्रिय टोलीका युवा स्टार सन्दिप लामिछानेको प्रायोजन रकम बढाएको छ ।

आगामी अप्रिलदेखि लागू हुनेगरी सानिमाले प्रायोजन रकममा दोब्बर बृद्धि गरी मासिक ४० हजार पु¥याएको ।

सन् २०१६ मा यू–१९ विश्वकप खेलेर फर्किएलगत्तै क्रिकेट खेलाडी संघको पहलमा सन्दिपलाई सानिमा बैंकले २ वर्षका लागि मासिक २० हजारको प्रायोजन सम्झौता गरेको थियो । प्रायोजन समयलाई बैंकले थप २ वर्ष लम्ब्याएको छ ।

सानिमा बैंकले सन्दिपको ध्यान पूर्ण रुपमा क्रिकेटमा मात्र जाओस भनेर प्रत्योसाहनका लागि रकम बढाएको स्पष्ट पारेको छ ।

सम्मान तथा प्रायोजन रकम बृद्धिपछि सन्दिपले आफूलाई क्रिकेटमा लागेर अझै राम्रो प्रदर्शन गर्नका लागि यस सम्झौताले हौसला बढाएको बताए । ‘दुई वर्ष अगाडि मैले यू–१९ विश्वकप खेलेर आएपछि सीप्यान (क्रिकेट खेलाडी संघ)मार्फत सानिमामा आबद्ध भएँँ, त्यतिबेला मलाई साँच्चिकै यस्तोखाले आर्थिक सहयोग आवश्यक थियो, अहिले त्यो बढेको छ, आगामी दिनमा पनि अझै राम्रो गर्न यसले प्रेरणा मिलेको छ ।’ सन्दिपले भने ।

सन्दिप र नेपाली टोलीका कप्तान पारस खड्कालाई सानीमाले डिभिजन टू मा गरेको उत्कृष्ट प्रदर्शनका कारण सम्मान पनि गरेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey