सरकारबाट क्रिकेट र फुटबल खेलाडीले डेढ कराेड रूपैयाँ पुरस्कार पाउदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-११-०२
  • |
  • 227 पटक हेरिएको

नेपाली क्रिकेट र फुटबल खेलाडीलाई १ करोड ५६ लाख रुपैयाँ पुरस्कार दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले खेलाडीलाइ पुरस्कारकाे घाेषणा गरेकाे जानकारी दिएका हुन।

जसमा क्रिकेट खेलाडीलाई पूर्व घाेषित जनही पाँच लाख, मुख्य प्रशिक्षकलाई तीन लाख, अफिसियललाई जनही दुई लाख रकम दिने निर्णय गरेकाे छ। युएइ विरूद्दकाे एकदिवसिय र टी-२० सिरीज जितेपछि खेलाडीलाइ जनही ५ लाखकाे पुरस्कारका लागि युवा तथा खेलकुद मन्त्रालयले  गरेकाे सिफारिस पारित गरेकाे हाे ।

त्यस्तै फुटबल खेलाडीलाई दुई लाख र शारीरिक सुगठन प्रतियोगिताका विश्व च्याम्पियन बनेका महेश्वर महर्जनलाई पाँच लाख दिने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी गराए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey