लयमा फर्कँदै रियल मड्रिड

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१०
  • |
  • 176 पटक हेरिएको

फागुन १० । स्पेनिस ला लिगामा रियल मड्रिडले लगातार दोस्रो जित हात पारेको छ ।

लेगानेसलाई ३–१ ले हराउँदै रियल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लेगानेसको मैदानमा भएको खेलमा रियल मड्रिडले घरेलु टिमको सुरुवाती अग्रता उल्टाएको थियो ।

खेलको छैटौं मिनेटमा नै बुस्टिन्जाले गोल गर्दै लेगानेसलाई अग्रता दिलाएका थिए । तर सो अग्रतामा रियलले तीन गोल फर्कायो । ११ औं मिनेटमा लुकास भाज्क्वेजले गोल गर्दै खेल बराबरीमा पु¥याए ।

२९ औं मिनेटमा कासिमिरोले गोल गरेपछि रियलले पहिलो हाफ अघि २–१ को अग्रता कायम राखेको थियो । ९०औं मिनेटमा रियलले पेनाल्टी पायो । सो पेनाल्टीलाई सर्जियो रामोसले गोलमा परिणत गर्दै रियललाई तीन अंक दिलाए । दोस्रो हाफमा लेगानेसले निकै राम्रो अवसरहरु सिर्जना गरेपनि त्यसलाई गोलमा परिणत गर्न सकेन ।

जितसँगै रियल मड्रिड ४८ अंक बनाउँदै ला लिगा तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लेगानेस भने २९ अंक सहित १२ औं स्थानमा छ ।
यो सिजन खराब फर्मबाट गुज्रिरहेको रियल मड्रिडको यो लगातार चौथो जित हो भने उ पछिल्लो ६ खेलमा अपराजित छ । यस अघि रियलले रियल बेटिसलाई ५–३ ले हराएको थियो भने च्याम्पियन्स लिगमा पनि पीएसजीलाई ३–१ ले पन्छाएको थियो । यस्तै रियल सोसियडाड माथि पनि ५–२ को जित निकालेको थियो ।

त्यसअघि ला लिगामा लेभान्टेसँग २–२ को बराबरी र भ्यालेन्सियामाथि ४–१ को जित निकालेको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal