अर्किड कप सेभेन एमा पाणिनि विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-११-०१
  • |
  • 207 पटक हेरिएको

काठमाडौं, १ फागुन । पाणिनि चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा बुधबार विजयी भएको छ ।

काँडाघारीस्थित आयोजक अर्किडको मैदानमा भएको खेलमा पाणिनिले डिफेन्डिङ च्याम्पियन नेक्ससलाई टाइब्रेकरमा ३–१ गोलले पराजित ग¥यो । नेक्ससका मनीष बरिया ‘म्यान अफ द म्याच’ घोषित भए ।

अन्य खेलमा हाइली क्रिएटिभ, टाइमलाइन र श्रमशिलले जित हात पारे । हाइलीले ब्रम्हकुञ्जलाई ३–१ गोलले हरायो । हाइलीका मनीष पौडेल, देवचन्द्र पाठक र भिसन राईले गोल गरे । ब्रम्हकुञ्जका संगत बस्नेतले सान्त्वना गोल गरे । ब्रम्हकुञ्जका मोहन सापकोटा ‘म्यान अफ द म्याच’ चुनिए ।

परिस्कृत अधिकारीको निर्णायक गोलमा टाइमलाइनले गोल्डेन बडलाई १–० गोलले पाखा लगायो । गोल्डेन बडका रुपेश फुयाल ‘म्यान अफ द म्याच’ बने । श्रमशिलले न्यु होली क्रसमाथि २–० को जित दर्ता ग¥यो । विपन सुनुवार र सविन ढकालले गोल गरे । होली क्रसका मनीष तामाङ ‘म्यान अफ द म्याच’ भए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal