विद्या संस्कार र एलए क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०९
  • |
  • 283 पटक हेरिएको

फागुन ९, काठमाडाैं । विद्या संस्कार र लिटिल एन्जल्स (एलए) स्कुल आठौं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र नकआउट फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

विद्या संस्कारले हिमचुलीलाई टाइब्रेकरमा २–० गोलले हरायाे । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

एलएले काठमाडौं भ्यालीलाई ३–१ गोलले हरायो । विजेताका प्रज्ज्वल भट्टले २ तथा गोस्वा बुढाथोकीले १ गोल गरे । काठमाडौं भ्यालीका सोनाम तामाङले सान्त्वना गोल गरे ।

काष्ठमण्डप पनि जेम्सलाई ३–० गोलले पाखा लगाउँदै क्वाटरफाइनलमा पुग्यो । काष्ठमण्डपका प्रशान्त लिम्बू, देवेश अधिकारी र सुनील बर्माले १–१ गोल गरे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal