Prabhu Bank

आर्मी हेटौंडा गोल्डकपको फाइनलमा

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-०९
  • |
  • 0 पटक हेरिएको

फागुन ९, मकवानपुर । मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब हेटौंडा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।

जर्ज प्रिन्स कार्कीले खेलको अन्तिम समयमा गोल गरेपछि आर्मी उपाधि नजिक पुगेको हो । यो सिजन पाँच उपाधि जितिसकेको आर्मीले

अघिल्लो सातामात्र सिमरा गोल्डकपको उपाधि जितेको थियो ।

नाङले खेलभरी नै आर्मीलाई दबाब दिएपनि गोलकिपर विकेश कुथुले उत्कृष्ट प्रदर्शन गरे ।

अब आर्मीले उपाधिका लागि नेपाल पुलिस क्लब र संकटावीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल विहीबार हुनेछ ।