डिपीएल–२ अक्सनः विराटनगर किंग्स सबैभन्दा महँगो टिम

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०९
  • |
  • 129 पटक हेरिएको

फागुन ९, काठमाडौं । धनगढी प्रिमियर लिग डिपिएलको आगामी संस्करणमा विराटनगर किंग्स सबैभन्दा महँगो टिम बनेको छ ।

काठमाडौंमा बुधबार सम्पन्न खेलाडीको अक्सनमा कुल ९ लाख ९५ हजार रुपैयाँ खर्च गर्दै विराटनगर महँगो टिम बनेको हो । रणनीतिक खेलाडी पारस खड्का रहेको विराटनगरले बसन्त रेग्मीलाई अनुबन्ध गर्नका लागि १ लाख ५० हजार खर्चिएको छ ।

पृथु बास्कोटालाई १ लाख २० हजारमा अनुबन्ध गरेको विराटनगरले थप पाँच खेलाडीका लागि जनही १–१ लाख खर्च गरेको छ ।

पवन सर्राफ, रामनरेश गिरि, सौरभ खनाल, दिलिप नाथ र अनिल कुमार साका लागि विराटनगरले जनही १–१ लाख लगानी गरेको छ ।

अक्सनका लागि समुह एमा रहेका मञ्जित श्रेष्ठलाई विराटनगरले न्युनतम रकम ७५ हजार खर्चिएको छ भने अभिनाश बोहरा र पुन विकलाई ५०–५० हजार लगानी गरेको छ ।

यस्तै सुवोध ऐर र फिरतोष अन्सारीका लागि भने न्युनतम २५ हजार रकममा अनुबन्ध गरेको छ ।

प्रत्यक टिमका लागि ११ लाखको अधिकतम रकम खर्च गर्ने पाउने ब्यवस्था गरिएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey