विल्सन र भ्याली पब्लिक फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-२६
  • |
  • 155 पटक हेरिएको

विल्सन एकेडेमी र भ्याली पब्लिक आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ शनिबार फाइनलमा प्रवेश गरेका छन् ।

इनोभेटिभ इङलिस स्कुलद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा विल्सनले नेरिक एकेडेमीलाई ५८–४७ ले पराजित ग¥यो । विल्सनको जितमा पेम्बा शेर्पाले २० अंक योगदान गरे । राहुल विकको २५ अंक सहयोगमा भ्याली पब्लिकले ज्ञान निकेतनलाई ६६–४२ ले हरायो ।

जुनियर ब्वाइजमा ज्ञान निकेतनले राराहिललाई २९–२१ ले पाखा लगाउदै नेरिकसंग उपाधि भिडन्त पक्का ग¥यो । ज्ञान निकेतनका सरोज थापाले १० अंक जोडे ।

सिनियर गल्र्सको फाइनलमा आयोजक इनोभेटिभले विल्सन विरुद्ध प्रतिस्पर्धा गर्नेछ । फाइनल सोमबार हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey