अर्किड कप फुटबल हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-२४
  • |
  • 253 पटक हेरिएको

काठमाडौं, २४ माघ । अर्किड स्कुलको आयोजनामा चौथो अर्किड कप अन्तरविद्यालय जुनियर फुटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ४० ब्वाइज टिमको सहभागिता रहने अर्किडका संस्थापक अध्यक्ष प्रेमुकमार भुजेलले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । शीर्ष ४ स्थानमा रहने टोलीलाई नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाण पत्र वितरण गरिने छ । पहिलो हुनेले २० हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार र चौथोले ५ हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख रुपैयाँ खर्च हुने अर्किडका प्रिन्सिपल चालेन्द्रबहादुर कार्कीले जानकारी गराए ।

सिक्स ए साइड स्वरुपमा हुने प्रतियोगिता नकआउट आधारमा हुनेछ । खेलहरु काँडाघारीस्थित आयोजकको आफ्नै मैदानमा हुनेछ । डिफेन्डिङ च्याम्पियन नेक्सस दोश्रो संस्करणको पनि विजेता हो । पहिलो संस्करणमा बेस्ट ग्रुप च्याम्पियन भएको थियो । फाइनल फागुन १० गते हुने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey