न्यु भिजन सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-२३
  • |
  • 150 पटक हेरिएको
आयोजक न्यु भिजन एकेडेमी प्रथम न्यु भिजन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
न्यु भिजनले मोनास्टिकलाई ३१–१७ ले पराजित ग¥यो । न्यु भिजनको जितमा प्रिया तिमिल्सनाले १४ अंक योगदान गरिन् ।
जुनियर ब्वाइजमा नेरिक र नव ज्योतिले सेमिफाइनलमा स्थान पक्का गरे । रविन्द्र बोहराको १४ अंक सहयोगमा नेरिकले जेनिअमलाई ३४–८ ले हरायो । नव ज्योतिले इरिस एकेडेमीलाई २३–६ ले पाखा लगायो । नव ज्योतिका रोहन थापाले ५ स्कोर गरे ।
सिनियर ब्वाइजमा हिमालयले मोनास्टिकमाथि ३४–२० को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनायो । हिमालयका जोन सुनवारले १२ अंक जोडे । होप भ्यालीसंग ३२–३० को पराजय बावजुद जनप्रेमी पनि क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो । दुवैको समान २–२ जित रहेको अवस्थामा स्कोर अन्तरका आधारमा जनप्रेमी अगाडि बढेको हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey