आठौं राष्ट्रिय खेलकुदका लागि पूर्वाधार निर्माणको काम द्रुत गतिमा (हेराैं ५ फाेटाेमा)

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-२२
  • |
  • 340 पटक हेरिएको

प्रदेश पाँचमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि पूर्वाधार निर्माणको काम द्रुत गतिमा अघि बढिरहेको छ ।

प्रतियोगिताको उद्घाटन तथा समापन नेपालगञ्ज रंगशालामा हुनेछ । यसका साथै फुटबल प्रतियोगिता पनि सोही रंगशालामा हुनेछ । नेपालगञ्ज रंगशालालाई स्तरीय बनाउने काम भइरहेको छ । प्यारापिट निर्माणको कामसँगै रंगशालामा घाँस रोप्ने काम शुरु भएको छ ।

रंगशालामा बर्मुडा घाँस रोप्न शुरु गरिएको छ । विश्वका ठूला–ठूला रंगशालामा रोपिने यो घाँस टेनिस कोर्ट, गल्फ कोर्स लगायतका मैदानहरुमा पनि लगाउने गरिएको छ । यो घाँस रोपेको २० दिनमा मैदान खेल्न लायक हुनेछ । घाँस लगाउनुभन्दा अघि मैदानमा पानी नजम्ने गरी पाइप, चिप्स, कंक्रिट लगायत राखिएको छ । यसले गर्दा बर्षा याममा पर्ने पानी तर्किनेछ र खेलका क्रममा कुनै बाधा हुनेछैन ।

फागुन महिनाको तेस्रो सातासम्म फुटबल मैदान तथा प्यारापिट निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । फुटबल मैदान निर्माण गर्न राष्ट्रिय खेलकुद परिषदका २ जना सव इन्जिनियरसहित करिब ५० जना मजदुरले चार महिनादेखि काम गरिरहेका छन । निर्माणाधीन फुटबल मैदानको लम्बाई करिब १०५ मिटर र चौडाई ६८ मिटर छ ।

फुटबल मैदानसँगै नेपालगन्ज रंगशालाको प्यारापिटको क्षमतालाई बृद्धि गरेर १० हजार पुर्याउिने तयारी भएको छ । साढे ६ करोड रुपैयाँको लागतमा अत्याधुनिक प्रबिधिको फुटबल मैदान तथा दर्शक प्यारापिट र करिब १९ करोड रुपैयाँको लागतमा भिआइपी प्याराफिट निर्माण गर्न लागिएको हो ।

फुटबल मैदान निर्माण भए पछि बाह्रै महिना राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताहरु सञ्चालन गर्न सहज हुने र नेपालगन्ज लगायत पश्चिम नेपालको फुटबलको बिकासमा महत्वपुर्ण योगदान पुग्ने बिश्वास गरिएको छ ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey