रेडिअन्ट सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-२०
  • |
  • 158 पटक हेरिएको
रेडिअन्ट पब्लिक प्रथम न्यु भिजन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
रेडिअन्टले हिमालयलाई ३३–१३ ले सहजै पराजित गर्‍यो । रेडिअन्टकी अस्मिता गुरुङले १५ अंक जोडिन् ।
सिनियर ब्वाइजमा मोनास्टिकले ओसिसलाई २०–१० तथा रेडिअन्टले बेबिलनलाई ३५–१७ ले हराए । मोनास्टिकका सञ्जोग खड्काले ८ तथा रेडिअन्टका उपेन्द्र बस्नेतले ११ स्कोर गरे ।
जुनियर ब्वाइजमा ग्रिनफिल्डले नव ज्योतिलाई ३७–११ तथा रेडिअन्टले आयोजक न्यु भिजन एकेडेमीलाई ३५–२० ले पाखा लगाए । ग्रिनफिल्डका महेश दाहाल र विपिन दाहालले समान ६–६ तथा रेडिअन्टका रोहित चौधरीले १४ अंक जोडे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey