इनोभेटिभको दोश्रो जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-२०
  • |
  • 171 पटक हेरिएको
काठमाडौं, २० माघ । आयोजक इनोभेटिभ इङलिस स्कुलले आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार लगातार दोश्रो जित हात पारेको छ ।
राउन्ड रोविन लिगको दोश्रो खेलमा इनोभेटिभले स्वप्न वाटिकालाई २०–१२ ले पराजित ग¥यो । इनोभेटिभको जितमा समन्ता थापाले ५ अंक योगदान गरिन् ।
सिनियर ब्वाइजमा ग्रिनल्यान्ड, भ्याली पब्लिक र नेरिक विजयी भए । राजिव आले मगरको १८ अंक सहयोगमा ग्रिनल्यान्डले श्रीदिवालाई ४३–२७ ले हरायो । भ्याली पब्लिकले काठमाडौं जेभियरलाई ४९–४४ ले पाखा लगायो । भ्याली पब्लिकका राहुल विकले २२ अंक बटुले । नेरिकले इनोभेटिभलाई ५७–३५ ले निराश पा¥यो । नेरिकका साजन थापा र महेश क्षेत्रीले समान २०–२० स्कोर गरे ।
जुनियर ब्वाइजमा स्वप्न वाटिकाले इनोभेटिभलाई १९–८ तथा पुष्पसदनले एआईएलाई २२–१९ ले पन्छाए । स्वप्न वाटिकाका अर्पण राईले १२ तथा पुष्पसदनका आशिष महर्जनले ६ अंक जोडे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal