भ्याली पब्लिक र ग्रिनल्यान्ड विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-१९
  • |
  • 166 पटक हेरिएको

काठमाडौं, १९ माघ । भ्याली पब्लिक र ग्रिनल्यान्डले आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् ।

भ्याली पब्लिकले एचएचसीएलाई ६६–४४ ले पराजित गर्‍यो । भ्याली पब्लिकका राहुल विकले २९ अंक जोडे । ग्रिनल्यान्डले एआईएलाई ४६–३४ ले हरायो । ग्रिनल्यान्डका राजिव अवाललेले १५ अंक जोडे । सिनियर ब्वाइजमै विल्सन एकेडेमीले रोडिअन्टलाई ५०–३५ ले पाखा लगायो । विल्सनका पेम्बा शेर्पाले २६ स्कोर गरे ।

जुनियर ब्वाइजमा नेरिकले पुष्पसदनलाई ३०–२१, स्वप्न वाटिकाले ओडिसीलाई १४–८ तथा राराहिलले ओडिसीलाई नै २१–१२ ले पन्छाए । नेरिकका राविन्द्र बोहराले १३, स्वप्न वाटिकाका अश्विक केसीले ८ तथा राराहिलका आशिष थापाले १८ अंक बटुले ।

सिनियर गल्र्समा हिमालीले मिश्रित प्रदर्शन गर्‍यो । हिमालीले विज किड्सलाई २३–२० ले पराजित गर्‍यो । हिमालीकी उर्वसीले १० अंक जोडिन् । विल्सन विरुद्धको खेलमा भने हिमाली ८–२० ले पछि पर्‍यो । विल्सनकी सिमरन गुरुङले ६ स्कोर गरिन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey