Mega Bank
Prabhu Bank

खुकुरी च्यालेञ्ज टी–२० क्रिकेट वर्षाले प्रभावित

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७४-१०-१०
  • |
  • 53 पटक हेरिएको

माघ १०, काठमाडौं । खुकुरी च्यालेन्ज टी–२० क्रिकेट प्रतियोगिताको पहिलो दिनका खेलहरु वर्षाका कारण रद्द भएको छ ।

निरन्तर बर्षा भएपछि मुलपानी मैदानमा बुधबार हुनुपर्ने दुई खेल रद्ध भएका हुन् । प्रतियोगिताको पहिलो खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) र अल्टिमेड इन्डोर क्रिकेट तथा आरसिए प्युठान च्यालेन्जर्स र शान्तिनगर युवा क्लबको खेल थियो । बर्षा वाधक भएपछि दुबै टिमले एक एक अङक बाँडेका छन् ।

२४ दिन सम्म चल्ने प्रतियोगितामा २० टोलीको सहभागिता छ । सहभागी २० टोलीलाई चारवटा समुहमा बिभाजन गरिएको छ । लिग कम नकआउट आधरमा खेलाइने प्रतियोगितामा समुह चरण प्रत्येक टोलीले एक आपसमा खेल्नेछन् । समुह चरणको पहिलो र दोश्रो हुने टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछ ।

प्रतियोगिताको समुह चरण र क्वाटर फाइनल सम्मको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ भने सेमी फाइनल र फाइनल खेलहरु भने टियु क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगिताको बिजेताले ३ लाख, उपाबिजेताले १ लाख पुरस्कार पाउनेछ । त्यस्तै म्यान अफ द सिरिजले २० हजार तथा उत्कृष्ट बलर तथा ब्याट्सम्यानले १०÷१० हजार पुरस्कार पाउनेछन् ।

भर्खरै

Advertisement