आयाेजक इनोभेटिभको दोहोरो जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-१८
  • |
  • 171 पटक हेरिएको
आयोजक इनोभेटिभले आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबलमा शुक्रबार दोहोरो जित हात पारेको छ । इनोभेटिभ सिनियर ब्वाइज तथा गल्र्समा विजयी भयो ।
सिनियर ब्वाइजमा इनोभेटिभले एन्जल लर्डलाई १७–१० ले पराजित गर्‍यो । इनोभेटिभको जितमा फुर्वा लामाले ८ अंक योगदान गरे । सिनियर गल्र्समा स्वच्छता थापाको १२ अंक सहयोगमा इनोभेटिभले विज किड्सलाई १८–१० ले हरायो ।
सिनियर ब्वाइजको अन्य खेलमा ज्ञान निकेतनले स्वप्न वाटिकालाई ४४–३६ ले पाखा लगायो । विजेताका सम्राट भुमिले १८ स्कोर गरे ।
आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबलको उद्घाटन खेलमा इनोभेटिभ (कालो – हरियो) र विज किड्सबीचको खेल ।
सिनियर गल्र्समा विल्सन एकेडेमीले स्वप्न वाटिकालाई २१–११ ले पन्छायो । विल्सनकी विना श्रेष्ठले ८ अंक जोडिन् ।
जुनियर ब्वाइजमा ज्ञान निकेतनले एआईएलाई १९–१२ तथा राराहिलले आयोजक इनोभेटिभलाई १८–११ ले निराश पारे । ज्ञान निकेतनका जेबिस सारुले ११ तथा राराहिलका आशिष थापाले १२ स्कोर गरे ।
प्रतियोगिताको नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । माघ २४ गतेसम्म चल्ने प्रतियोगिताको सिनियर ब्वाइजमा १३, जुनियर ब्वाइजमा १० तथा सिनियर गल्र्समा ५ टिम सहभागी छन् ।
आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबलको उद्घाटन खेलमा इनोभेटिभ (कालो – हरियो) र विज किड्सबीचको खेल ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal