ज्ञान निकेतन र नेरिक उपाधि नजिक

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-१६
  • |
  • 189 पटक हेरिएको

काठमाडौं । ज्ञान निकेतन र नेरिक छैटौं एआइए कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको उपाधि नजिक पुगेका छन् । ज्ञान निकेतन सिनियर छात्र र जुनियर छात्रको उपाधि नजिक पुगेका हुन् ।

बुधबार भएको सेमिफाइनलमा ज्ञान निकेतनले केएमसीलाई २८–१४ ले पराजित ग-यो विजेताका सम्राट भूमिले २२ अंक बटुले । यस्तै नेरिकले स्वप्न बाटिकालाई ४०–१२ ले हराउँदा भुवन थापाले १५ अंक जोडे । नेरिकले उपाधिका लागि ज्ञान निकेतनको सामना गर्नेछ । त्रान निकेतनले ग्रिनफिल्डलाई २४–२२ ले पराजित ग-यो ।

यसैगरी सिनियर छात्रको खेलमा काठमाडौं जेभियरले नेरिकलाई ५३–४३ ले हराउँदै उपाधि नजिक पुग्यो । विजेताका जिनेश मण्डलले २० अंक बटुले । यस्तै छात्रातर्फ इनोभेटिभ र रिलायन्सले उपाधि भिडन्त पक्का गरे । इनोभेटिभले स्किब्सलाई १६–६ र रिलायन्सले बालमन्दिरलाई २६–२२ ले पराजित ग-यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey