आमा बनेपछि पुर्नजन्म पाए – सेरेना विलियम्स

0

पूर्व विश्व नम्वर एक महिला टेनिस खेलाडी सेरेना विलियम्सले आफु आमा बन्दा झण्डै ज्यान गुमाएको बताएकी छिन ।

३६ बर्षे सेरेना जसले छोरीलाई जन्म दिएपछि यहि महिनाबाट पुनः कोर्टमा फर्किएपछि अमेरीकी सञ्चार माध्यम सिएनएनमा आर्टिकल लेख्दै बच्चालाई जन्म दिदा आफुले ज्यानको बाजि थापेको बताएकी छिन ।

उनले लेखेकी छिन– म निकै भाग्यमानी रहेछु त्यसैले म बाचो । मेरो छोरी आपतकालिन कक्षको सी सेक्सनमा सल्यक्रियाबाट जन्मिएकी हुन ।

किनकी उनको मुटुको धडकन अचानक कम भएकाले सल्यक्रिया गर्नु परेको थियो । तर त्यो २४ घण्टा आफना लागि भने निकै पिडादाई बन्यो । सल्यक्रियाको पिडाले आफ्नो ज्यान जानमात्र बाकि रहेको उनले बताइन।

सेरेना महिला टेनिसको ओपन एराकी सबै भन्दा सफल खेलाडी हुन । २०१७ मा अष्ट्रेलियन ओपनको उपाधि जितेपछि करियरको २३ औ ग्राण्डस्लाम जितेकी सेरेना अब अष्ट्रेलियन मारगे्रथ कोर्टसंग बराबरी गर्न एक उपाधि पछाडी छिन ।

Post Add 1025X115
Loading...