बार्सिलोना चेल्सीसँग रोकिदा बार्यनले बेसिकटासलाई ५-० ले हरायो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०९
  • |
  • 138 पटक हेरिएको

युरोपियन फुटवल प्रतियोगिता च्याम्पियन्स लिग अन्तर्गत प्रि क्वाटरफाइनलको पहिलो लेगमा चेल्सी र बार्सिलोनाले बराबरी खेल्दा बार्यन म्युनिखले बेसिकटासलाई ५–० को भारी अन्तरले हरायो ।

चेल्सिको घरेलु मैदान स्ट्याम्फोर्ड ब्रिजमा भएको खेलमा घरेलु टिमले एक गोलको अग्रता जोगाउन सकेन । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६२ औ मिनेटमा विलियमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।

उनले इडेन हजार्डको पासको सदुपयोग गरेका थिए । तर ७५ औ मिनेटमा आन्द्र इनिस्टाको पासमा लियोनल मेसीले गोल गर्दै खेल बराबरीमा पुर्याए ।

बाकि समयमा थप गोल हुन सकेन । अब दोस्रो लेग बार्सिलोनाको मैदानमा हुनेछ ।

गएराति नै भएको अर्को खेलमा बार्यनले बेसिकटासले विरुद्ध पाच गोल गरयो । उसका लागि रोबर्ट लेवान्दोस्की र थोमस मुलरले दुई दुई गोल गरे ।

घरेलु मैदानमा भएको खेलको ४३ औ मिनेटमा थोमस मुलरले बार्यनका लागि पहिलो गोल गरे । त्यसपछि ५२ औ मिनेटमा कोमनको गोल मार्फत बार्यनले अग्रता दुई शुन्यमा पुरयायो ।

६६ औ मिनेटमा पुन मुलरले टिमका लागि तेस्रो गोल गरे । त्यसपछि खेलको अन्त्य तीर लेवान्दोस्कीले लगातार दुई गोल गर्दै बार्यनलाई क्वाटरफाइनल नजिक पुरयाए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey