कोक खाम् रसिया जाम् !

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०८
  • |
  • 187 पटक हेरिएको

फागुन ८, काठमाडौं । कोकाकोला नेपालले ग्राहकहरुका लागि अर्को वर्ष रुसमा हुने विश्वकप फुटबल प्रत्यक्ष हेर्न बिशेष अफर लागू गरेको छ ।

‘कोक खाम, रसिया जाम’ कार्यक्रम अन्तर्गत पहिलो पटक ४० भाग्यशाली उपभोक्तालाई रुसमा हुने विशवकप फुटबल प्रत्यक्ष हेर्न पाउनेछन् । उनीहरुको सम्पूर्ण खर्च कोकले ब्यहोर्नेछ ।

यो क्याम्पेन फेब्रुअरी १५ देखि अप्रिल १५ सम्म लागू हुनेछ । यस योजनामा कोकको पछाडि राखिएको १० अंकको युनिक कोड एसएमएसमार्फत पठाउनुपर्नेछ ।

उक्त अफर कोक, फेन्टा, ओरेन्ज फेन्टा, लेमोन तथा स्प्राइटमा लागू हुनेछ ।

यसमा १८ वर्ष पूरा भएका नेपाली नागरिकले मात्र भाग लिन पाउने आयोजकको भनाइ छ । त्यसबीचमा एसएमएस गर्ने अरु १२ हजार ६०० विजेताले दैनिक फिफाको लोगो अंकित विशेष उपहारसमेत जित्न सक्नेछन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal