महिला राष्ट्रिय क्रिकेटको तयारी पुरा, विजेताले ५ लाख पाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०८
  • |
  • 196 पटक हेरिएको

भोली देखि कैलालीको धनगढीमा सुरु हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीताको तयारी पुरा भएको छ ।

धनगढीको वोराडाडी स्थित फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगीताका लागी मैदान मर्मत, खेलाडीका लागी आवास लगायतको तयारी पुरा भएको आयोजकले आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

प्रतियोगितामा ५ विकाश क्षेत्र र एउटा विभागीय टिम एपिएफ गरी ६ टिमको सहभागीता रहने छ । भोली पहिलो खेल आयोजक सुदूरपश्चिम र पश्चिमाञ्चल विच हुने छ ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख, पाउनेछन । त्यस्तै वुमन अफद सिरीजलाइ १० हजार, बेस्ट व्या्टसवुमन, बेस्ट बलर, उदयमान खेलाडी र फेयर प्लेटिमलाई जनहि ५ हजार रुपैया पाउनेछन ।

३८ लाख ६३ हजार कुल खर्च लाग्ने प्रतियोगितामा सहभागी टिमलाइ दुइ समुहमा विभाजन गरी खेलहरु खेलाइने छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal