एक्सेल्सियर कपमा ग्यालेक्सी र एस विजयी

Kelmi
  • नेप्लेज
  • |
  • २०७५-१०-१३
  • |
  • 183 पटक हेरिएको
काठमाडौं, १३ माघ। ग्यालेक्सी पब्लिक स्कुल र एसले सातौं एक्सेल्सियर कपअन्तर्गत सिनियर ब्वाइज फुटबलमा आइतबार जित हात पारेका छन् ।
द एक्सेल्सियर स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा ग्यालेक्सीले ओराकललाई ८–० तथा एसले राजन मेमोरियललाई ३–० गोलले पराजित गरे ।
सिनियर ब्वाइजमै नेपाल राष्ट्रियले ग्रिनफिल्डलाई ५–१ तथा एक्सेल्सियरले ओराकललाई ६–० गोलअन्तरले हराए ।
जुनियर ब्वाइज फुटबलमा ओराकलले त्रिनेत्रलाई २–१, राजश्री गुरुकुलले आर्या एकेडेमीलाई १–० र त्रिनेत्रलाई ५–३, राजन मेमोरियलले एपेक्स लाइफ स्कुललाई २–० तथा ग्रिनफिल्डले एपेक्सलाई ५–१ गेलले पाखा लगाए ।
सिनियर ब्वाइज बास्केटबलमा रेडिअन्टले नेपालयलाई ४५–३६, संस्कृतिले रुपिजलाई ४७–४३ र न्यु जेनिथले टीआईएलाई ४१–३६ ले पन्छाए ।
जुनियर ब्वाइज बास्केटबलमा रेडिअन्टले रुपिजलाई २३–६, सिद्धार्थ बनस्थलीले न्यु जेनिथलाई २६–१२, ग्रिनफिल्डले महामञ्जुश्रीलाई ३१–२१ तथा सेबले द इलाइट को–एडलाई २५–१० ले निराश पारे ।
सिनियर गल्र्स बास्केटबलको प्रतिस्पर्धात्मक खेलमा स्किब्सले ग्यालेक्सीलाई २३–२२ तथा टीआईएले द चाँदबाग स्कुललाई १५–१४ ले पराजित गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey