चौथो ओप्स खेलकुद महोत्सव: सृजना ज्ञानसागर र सेब सेमिफाईनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-१३
  • |
  • 164 पटक हेरिएको

सृजना ज्ञानसागर र सामखुसी बोडिङ स्कुल(सेब)चौथो ओप्स खेलकुद महोत्सव अन्तर्गत फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छ । नबिन तामाङको ह्याट्रिको मद्दतमा सृजना ज्ञानसागरले एन्जल्सहार्टमाथी ६–१ गोलको सहज जित निकाल्यो ।

म्यान अफ द म्याच चुनिएका नबिनले उत्कृष्ट प्रदर्शन गदै ३ गोल गर्दा दिवस अधिकारीले २ र सुजन पाण्डेले १ गोल गरे । एन्जल्सहार्टका लागि सान्वना गोल बिवेक खड्काले गरे । अर्को क्वाटरफाईल खेलमा सेबले न्युटनमाथी ३–२ को कठिन जित निकाल्दै सेमिफाईनलमा सृजनासागरसँग भेट पक्का ग-यो ।

सेबको जितमा म्यानअफ द म्याच उमेश बिक,स्वयंम श्रेष्ठ र सफलसेन ठकुरीले एक–एक गोल गरे । एन्जल्सहार्टका लागि साजन रोका र निराजन खत्रीले एक–एक गोल फर्काएका थिए ।

गोलढुङा खेल मैदानमा भएको खेलमा सफलता हात पादै हिमरश्मी र प्रगतिले सेमिफाईनलमा भेट पक्का गरे । हिमरश्मीले मानस्लुमाथी १–० को कठिन जित निकाल्दा म्यानअफ द म्याच आशिष गुरुङले एक मात्र निर्णायक गोल गरेका थिए ।

प्रगतिले फेरिल्याण्डलाई २–० गोलले हराउदा म्यानअफ द म्याच पियुष गुरुङ र क्रिस श्रेष्ठले एक–एक गोल गरेका थिए । सेमिफाईनल र फाईनलका खेल सोमवारनै हुने प्रतियोगिता संयोजक राजेन्द्रप्रसाद फुयलले जानकारी गराए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey