थ्री स्टारलाई स्तब्ध पार्दै संकटा हेटौडा गोल्डकपको सेमिफाइनलमा

0

थ्री स्टार क्लवलाई स्तब्ध संकटा क्लव हेटौडा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हेटौडामा भएको खेलमा संकटाले थ्री स्टारलाई १–० गोल अन्तरले हरायो । संकटाको जितमा कर्ण लिम्बुको एकमात्र गोल निर्णायक बन्यो ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर यो विचमा दुबै टिमले गोलको अवसर पाएपनि सदुपयोग गर्न सकेनन ।

४० औ मिनेटमा प्रकाश बुढाथोकीको प्रहार थ्री स्टारका एलेन न्योपानेले बचाए । त्यसको दुई मिनेटपछि दुई खेलको प्रतिबन्ध कटाएर आएका मार्टिन्सको प्रहार संकटाका गोलकिपर विनयले असफल बनाए ।

दोस्रो हाफमा थ्री स्टार संकटामाथि हावी भएपनि गोल भने संकटाले गरयो । ५३ औ मिनेटमा सुनिल बलको सशक्त प्रहारलाई संकटाका गोलकिपर विनयले बचाए ।

तर ८३ औ मिनेटमा संकटाले खेलमा अग्रता बनायो । उसका लागि कर्ण लिम्बुले गोल गर्न सफल भए । सिमरा गोल्डकपको उपविजेता थ्री स्टार त्यसपछि खेलमा फर्कन सकेन र पराजित भयो ।

Post Add 1025X115
Loading...