वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितालाई पाचँवटा ब्यापारिक प्रतिष्ठानको प्रायोजन

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-१३
  • |
  • 315 पटक हेरिएको

नेप्लेज । लौहपुरुष गणेशमान सिंहको स्मृतिमा हुने बक्सिङ प्रतियोगितामा विभिन्न पाचँवटा कर्पोरेट हाउसले प्रायोजन गरेका छन् ।

गणेशमानसिंह फाउण्डेसनको आयोजनामा माघ २२ गतेदेखि २६ गतेसम्म हुने प्रतियोगिताका लागि  मित्सुबीसीको आधिकारिक विक्रेता लियोन मोटर्स, रिबोक, ब्रिज सिमेन्ट र लक्ष्मी बैंकले प्रायोजन गर्ने भएका हुन् ।

आइतबार भएको प्रायोजनसम्बन्धी सम्झौता अनुशार प्रतियोगितामा जगदम्बा मोटर्सले ६ लाख बराबरको एक थान बाइक र एक थान स्कुटर प्रदान गर्ने , लियोन मोटर्सले पाँच लाख र रिबोकको आधिकारिक विक्रेता लेबल्सले नगद र सामान गरी पाँच लाख प्रायोजन गरेको छ ।

यस्तै बृज सिमेन्ट र लक्ष्मी बैंकले पनि तीन–तीन लाख प्रायोजन गर्नेछन् । बसन्तपुर डबलीमा आयोजना हुने प्रतियोगितामा पुरुष तर्फ आठ र महिला तर्फ ६ तौल समूहमा प्रतिष्पर्धा हुनेछ ।

पुरुषतर्फ ४६ देखि ४९ केजी, ५२ केजी, ५६ केजी, ६० केजी, ६४ केजी, ६९ केजी, ७५ केजी र ८१ केजी तौल समूहमा ८० जना पुरुष खेलाडी भिड्नेछन् । महिलातर्फ ६० जना खेलाडीले ४५ देखि ४८ केजी, ५१ केजी, ५४ केजी, ५७ केजी, ६० केजी र ६४ केजीमा प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि प्रदेशस्तरीय छनोट प्रतियोगिता सम्पन्न भइसकेको छ ।

सातवटा प्रदेश र तीन विभागीय टोलीका गरी कुल एक सय ३० खेलाडी सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ । प्रत्यक तौल समूहका विजेताले २५ हजार, उपविजेताले १५ हजार तथा तेस्रो हुने दुई खेलाडीले समान सात हजार पाँच सय रुपैयाँ सहित पदक जित्नेछन् ।

कुल ८० लाखको बजेटमा सम्पन्न गर्ने लक्ष्य रहेको यो प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले ५० लाख उपलब्ध गराएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey