उहि टिमसँग खेल्दा वाक्क भएका महिला भलिबल खेलाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०८
  • |
  • 432 पटक हेरिएको

क्षमतावन र उदयमान महिला भलिवल खेलाडीको खोजी नगर्दा जहिले पनि एउटै टिम र अनुहारका खेलाडी बीच प्रतिष्पर्धा हु“दै आएको छ ।

चाहे त्यो राष्ट्रिय स्तरको प्रतियोगिता होस वा जिल्ला तहको । केन्द्र देखि जिल्ला सम्मका भलिवल प्रतियोगिताका आयोजकहरुले पनि यस प्रति चासो देखाएका छैनन् ।

न्यु डाइमण्ड एकेडेमीकी कप्तानको गुनासो सुन्दा लाग्छ खेल भएरमात्र हुदैन गुणस्तर चाहिन्छ । ललिता नाथ भन्छिन, नयाँ टिम र खेलाडी छैनन, जति पनि प्रतियोगिता भएपनि उहि टिमसँग खेल्नु पर्छ, जसका कारण हामीसँग अनुभवको निकै कमि रहेको छ ।

 

त्यति मात्र हैन खेलाडीले महिला भलिवलका नाम खुलेका संघसस्था, राष्ट्रिय खेलकुद परिषद र सरकार समेत नया“ महिला खेलाडी खोज्ने र उनीहरुको क्षमता बिकासगर्ने गराउने जिम्मेवारीबाट पन्छिदै आएको गुनासो गरे ।

नेपाल पुलिस क्लवकी अनुभवी खेलाडी कोपिला उप्रेती महिला भलिबललाई सरोकारवालाले राम्रोसँग ध्यान नदिएको बताउछिन ।

उनी भन्छिन नयाँ खेलाडीलाई उत्पादन गरेर मात्र हुँदैन, उनिहरुको भविष्य सुनिश्चितका लागि पनि त्यतिकै चासो दिनु पर्छ ।

 

नेपालमा भएका महिला भलिवल प्रतियोगितालाइ हेर्दा अहिले सम्म आर्मी,एपीएफ,पुलिस क्वल जस्ता बिभागीय टिम र निजी क्षेत्रका केही टिम नै मैदानमा देखिदै आएका छन् ।

तर विभागिए टिम र अन्य टिम विच निकै ठुलो भिन्नता छ । महिला भलिबलको विकाशमा ठोस योजना नहुदा कयौ महिला खेलाडीले आफनो क्षमता प्रदर्शन गर्ने अवसरबाट बन्चित हुदै आएका छन् ।

गिनेचुनेका सिमित टिमबीचमा प्रतिष्पर्धा गराउनुको साटो देशभरिका महिला खेलाडी मध्ये उत्कृष्ठ खेलकौसल भएका खेलाडीको खोजी गरि प्रतिष्पर्धामा उतार्न सके महिला भलिवल खेलाडी उत्पादनमा सघाउन पुग्ने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey