तिमति र अनुषालाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-१२
  • |
  • 205 पटक हेरिएको
तिमति गुरुङ र अनुषा श्रेष्ठले प्रथम जेबि सडक दौड प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । महर्षिका तिमति ब्वाइज तथा लक्ष्मीपुरकी महर्षि गल्र्समा पहिलो बने ।
जेबि स्कुलद्वारा आयोजित दौडको ब्वाइजमा ज्ञानचक्छुका भरत राई दोश्रो तथा लक्ष्मीपुरका सुनील श्रेष्ठ तेश्रो भए । गल्र्समा लक्ष्मीपुरकी अन्शिका श्रेष्ठ दोश्रो तथा लक्ष्मीपुरकै आकांक्षा राई तेश्रो स्थानमा रहे । ब्वाइज र गल्र्स दुवैको प्रतिस्पर्धा ४ किलोमिटर दूरीमा भएको थियो ।
विजेतालाई काठमाडौं महानगरीय प्रहरी प्रभागका प्रमुख बसन्त लामा, डिएपी फणिन्द्र प्रसाईं, जेबि स्कुल सञ्चालक समितिका अध्यक्ष रेशम लामा, ओडिसी इन्टरनेसनल एकेडेमीका प्रिन्सिपल नारायण रोकालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दौडमा विभिन्न २६ विद्यालयका १ सय ५० प्रतिस्पर्धी सहभागी थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey