एक्सेल्सियरको सहज जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-१२
  • |
  • 173 पटक हेरिएको
काठमाडौं, १३ माघ । आयोजक द एक्सेल्सियर स्कुलले सातौं एक्सेल्सियर कपअन्तर्गत जुनियर ब्वाइज फुटबलमा शनिबार जित हात पारेको छ ।
स्वयम्भूस्थित घरेलु मैदानमा एक्सेल्सियरले होली भिजनलाई ८–३ गोलले सहजै पराजित ग-यो । एक्सेल्सियरका निमा दोर्जेले ३, जोएल लामाले २ तथा अनिश जोशी, विनित श्रेष्ठ र सुङमा लामाले १–१ गोल गरे ।
जुनियर ब्वाइज बास्केटबलमा लोक आदर्शले बिग बुद्धलाई २३–१०, सेबले एभीएमलाई १२–५ तथा एक्सेल्सियरले एलआरआईलाई १०–४ ले हराए ।
लोक आदर्शका मनोज गुरुङले १०, सेबका कुमार तामाङले ६ र एक्सेल्सियरका साकार भट्टराईले ४ अंक जोडे ।
सिनियर ब्वाइज बास्केटबलमा एक्सेल्सियरले होली भिजनलाई ४१–२०, स्वर्णिमले रुपिजलाई २२–१०, एलआरआईले नेपालयलाई
३५–२० र न्यु जेनिथले स्वर्णिमलाई ३२–२३ ले पन्छाए ।
सिनियर गल्र्समा एक्सेल्सियरले रुपिजलाई २२–१० ले पाखा लगायो । एक्सेल्सियरकी प्राप्तीराज्यलक्ष्मी शाहले १८ अंक जोडिन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey