एआइए कप बास्केटबलमा नेरिकको मिश्रित सफलता

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-११
  • |
  • 169 पटक हेरिएको

छैटौं एआइए कप अन्तर स्कुल बास्केटबल प्रतियोगितामा नेरिकले मिश्रित सफलता हात पारेको छ । शुक्रवारको सिनियर ब्वाईजको खेलमा नेरिकले छिमेकी स्कुल इनोभेटिभलाई ३३–१५ को स्कोरमा हरायो ।

नेरिकको जितमा सहिल केसीले सर्वाधिक १९ स्कोर गरे । गल्सको खेलमा भने नेरिक स्किब्ससग २६–२३ को स्कोर पराजित भयो । स्किब्सको जितमा सृजना आलेमगरले १० स्कोर गरिन् । जुनियर ब्वाईजको अन्य खेलमा ग्रिनफिल्डले स्वप्न पाटिकालाई ३०–१० र एशियनले काठमाण्डौ इ.स्कुललाई २८–१२ को स्कोरमा हरायो ।

गल्सतर्फ इनोभेटिभले काठमाण्डौं जभियरलाई २४–६ को स्कोरमा हरायो । सिनियर ब्वाईजमा ज्ञाननिकेतनले अक्षर स्कुललाई २९–११ को स्कोरमा हराउदा केएमसीले एआईएलाई १५–१२ को स्कोरमा रोक्यो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal