काठमाडौं जिल्ला स्तरीय तेक्वान्दोमा रोशनलाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-११
  • |
  • 356 पटक हेरिएको
दिलिप स्मृति ब्वाइज युनियन तेक्वान्दो डोजाङका रोशन केसीले प्रथम पायोनियर काठमाडौं जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।
पायोनियर पब्लिक स्कुल, एकता तेक्वान्दो डोजाङ र बृहत विकास वचत तथा ऋण सहकारी संस्थाद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ५० केजीमुनि फाइनलमा रोशनले ढल्कुका अर्जुन दोङलाई पराजित गरे ।
कपनको आकाशेधारामा भइरहेको प्रतियोगिताको पुरुष ४१ केजीमुनि ढल्कुका पेम्बा तामाङले चन्द्रागिरीका विराज तामाङ तथा ४४ केजीमुनि नेसनल पोयोनियरका सौरभ श्रेष्ठले प्रस्फुटनका प्रकाश जैशवाललाई फाइनलमा हराउदै पहिलो स्थान हात पारे ।
प्रतियोगिताको सांसद् गगनकुमार थापाले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा २ सय ४८ खेलाडीले विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको प्रतियोगिता संयोजक गणेश तामाङले जनाएका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey