च्याम्पियन्स लिग चेल्सी बार्सिलोनासँग र बार्यन बेसिकटाससँग भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०८
  • |
  • 153 पटक हेरिएको

युरोपियन फुटवल प्रतियोगिता च्याम्पियन्स लिग अन्तर्गत प्रि क्वाटरफाइनलको पहलिो लेगमा आज चेल्सि र बार्सीलोना तथा बायर्न म्युनिख र बेसिकटास बीच प्रतिस्पर्धा हुदैछ ।

चेल्सिको घरेलु मैदान इत्तिहादमा हुने खेल नेपाली समय अनुसार राती साढे एक बजे सुरु हुनेछ । प्रिमियर लिग क्लब चेल्सि र स्पेनिस जाइन्ट बार्सीलोना बीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

उपाधी दावेदार यी दुइ टिम अन्तिम १६ मा नै आमने सामने हुदैछन । चेल्सिका प्रशिक्षक एन्टोनियो कोन्टेले विश्वको एक उत्कृष्ट क्लब विरुद्ध खेल्नु एकदमै कठिन हुने प्रतिकृया दिए । उनले आजको खेलमा पनि बार्सीलोनानै फेभरेट रहेको धारणा राखे ।

यस्तै इडेन हजार्डले लियोनल मेसी विश्व स्तरिय खेलाडी भएको बताएका छन । हजार्ड क्लव स्तरमा पहिलो पटक अर्जेन्टिनी स्टार मेसी विरुद्ध उत्रदैछन ।

यस्तै बार्सीलोनाका प्रशिक्षक एर्नेस्टो भाल्भर्डेले मेसीले उत्कृष्ट प्रदर्शन गर्नेमा आफु विश्वस्त रहेको बताएका छन । बार्सीलोना जारी सिजन ला लिगाको अपराजित टिम हो ।

चेल्सि र बार्सीलोना च्याम्पियन्स लिगमा १३ औं पटक आमने सामने हुन लागेको हुन् । यसअघिका १२ भेटमा चेल्सिले चार पटक चेल्सि र तीन पटक बार्सीलोना विजयी हुदा पांच खेल बराबरीमा सकिएको थियो ।

पछिल्लो पटक चेल्सिले सन २०१२ मा सेमीफाइनलमा बार्सीेलोनालाइ पराजित गरेको थियो । सोही वर्ष चेल्सिले फाइनलमा बार्यनलाइ पराजित गद्र्यै पहिलो पटक च्याम्पियन्स लिगको उपाधी जितेको थियो ।

यस्तै बार्यनले , टर्किस क्लब बेसिकटासलाइ घरेलु मैदानमा स्वागत गर्दैछ । जर्मन क्लब बार्यन प्रशिक्षक युप हाइनकेसले विपक्षीलाइ हल्का रुपमा नलिन आफ्ना खेलाडीलाइ चेतावनी दिएका छन ।

बेसिकटास पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको हो । यो खेल पनि राती साढे एक बजेनै सुरु हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey