फिजम कप फुटबल भोलीदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-१०
  • |
  • 162 पटक हेरिएको

संस्थागत बिद्यालयको संचालक मञ्च(फिजन) को आयोजनामा आठौं फिजम कप अन्तर बिद्यालय फुटबल प्रतियोगिता भोलीदेखि शुरु हने भएको छ । पत्रकार सम्मेलनमा फिजमका अध्यक्ष आरबी कटुवालले स्कुल टु ओलम्पिकको उद्देश्यलाई साकार गर्न बिद्यालय खेलकुदमा राज्यको ध्यान जानु पर्ने धारणा ब्यक्त गरे ।

बिहिवार पेप्सिकोला स्थित नेक्सस इन्टर नेसनल एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक सुनिल केसीले नकाउटका आधार संचालन हुने प्रतियोगितामा २० टिमले प्रतिस्पर्धा गर्ने जानकारी गराए ।

पेप्सिकोलाको खेल मैदानमा माघ १९ सम्म संचालन हुने प्रतियोगिताको समूह क मा बेष्टग्रप भिजन,नेपाल तारा,रत्न शिक्षा,अर्किट,किड्स,ग्लोबल,मोनारिक,मदरल्याण्ड,ग्रामर र एम्स रहेका छन् । त्यस्तै समूह बीमा न्युहोली,र्हब्रन,माउण्ट सेब,अन्नपूर्ण,नेक्सस,लाइसियन,दिपीका,भिमेश्वर र प्रज्ञा रहेका छन् ।

पत्रकार सम्मेलनमा फिजमका सचिव देवी डोटेललगायतको उपस्थिति रहेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey