Mega Bank

१५ गतेभित्र सवै खेल संघको विवाद समाधान गर्छौंः उपाध्यक्ष तिम्सिना

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७५-१०-१०
  • |
  • 30 पटक हेरिएको

 काठमाडौं, १० माघ। लामोसमयदेखि भद्रगोल अवस्थामा चल्दै आएको नेपाली खेलकूदले ट्रयाक समात्न थालेको छ । यसअघि मुख्य खेलसंघहरु विवादित हुँदा खेलाडीहरुमाथि पनि खेलवाड हुँदै आएको थियो ।

नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलसंघका कारण विवाद बल्झदै गएपछि राष्ट्रिय खेलकूद परिषद् राखेपले विवाद समाधानका लागि पहल थालेको थियो ।

राखेपको उपाध्यक्ष पदमा पिताम्बर तिम्सिनालाई नियुक्त गरेसँगै युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय संघ विवाद, समस्या तथा समाधान सहजीकरण समितिनै गठन गरेको थियो । खासगरि ६ वटा संघमा रहेको विवाद समाधानका लागि पहल थालेको समितिले केही सफलता पनि हात पारेको छ ।

अझैं कराते, तेक्वान्दो र कुस्तीको सहमति जुट्न बाँकी छ । यसैगरी जिम्न्याष्टिक संघको विवाद समाधान भइसकेको छ । यसैगरी टेबल टेनिस र उसुको विवाद भने अलि जटिल भएकाले थप छलफल आवश्यक पर्ने समितिका संयोजक तिम्सेनाले नेप्लेजलाई जानकारी दिए ।

विद्यमान अवस्थामा रहेका नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघ अस्तित्वमा रहेका थिए । उनीहरुलाई उपाध्यक्ष समेत रहेका विवाद समाधान समितिका संयोजक तिम्सिनाले मन्त्रालयमै बोलाएर छलफल गरेका हुन् । छलफलमा सहभागी दुवै संघका अध्यक्ष र महासचिव सहभागी भएकोमा नेपालको कानुन र तेक्वान्दोको मुल्य र मान्यताका हिसाब गरिने विवाद समाधान दुवैले स्वीकार गर्ने बताएका थिए ।

नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमसेर राणा र राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष शिब कोइरालासँग छलफल गरे पछि आफै मिलेर आउन आग्रह गर्दै १५ गतेसम्मको समय उपलव्ध गराएको उपाध्यक्ष तिम्सेनाले जानकारी दिए ।

बुधबार मात्रै ध्रुवबहादुर प्रधानको अध्यक्षतामा नेपाल जिम्न्याष्टिक संघ पुनर्गठनका साथै एकिकरण गराउन सफल भएका उपाध्यक्ष तिम्सेनाले भने ‘हामी केहीदिनदेखि विवादित खेल संघका पदाधिकारीसँग निरन्तर छलफलमा छौं, विवाद समाधानको अन्तिम चरणमा पुगेका छौं ।’

तेक्वान्दाे विवादः दुबै संघकाे आफ्नै अडान

दुवै तेक्वान्दाे संघ विघठन गर्ने राखेपकाे तयारी

तेक्वान्दाेकाे विवाद छेपाराकाे जस्ताे

विवाद समाधानका लागि वार्ता समिति गठन

राखेपकाे ७ दिने अल्टिमेटम

 

 

भर्खरै

Advertisement