विन्टर ओलम्पिकः महिला आइस हकीको फाइनलमा अमेरिका र क्यानडा भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०८
  • |
  • 177 पटक हेरिएको

 

फागुन ८ । दक्षिण कोरियाको प्योङच्याङमा जारी २३औं विन्टर ओलम्पिक अन्तर्गत आइस हकीको उपाधिका लागि अमेरिका र क्यानडाबीच प्रतिस्पर्धा हुने भएको छ ।
अमेरिका र क्यानडा ओलम्पिकको फाइनलमा भिड्न लागेको यो लगातार चौथो पटक हो । यसअघिका तीनै खेलमा क्यानडा हावी भएको छ । अमेरिका ओलम्पिकमा २० वर्षपछि पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छ ।

सेमिफाइनलमा अमेरिकाले फिनल्याण्डलाई ५–० ले पराजित गर्दा क्यानडाले पनि ओलम्पिकको झण्डामा खेलिरहेको रुसको टोलीलाई समान नतिजाले हराएको थियो ।

‘वास्तवमै अहिले सपना पूरा हुँदैछ ।’ अमेरिकी फरवार्ड हिलारी नाइटले भनिन् ।

‘यो विश्वकै सबैभन्दा ठूलो प्रतियोगिता हो र यस प्रतियोगिताको उपाधि नजिक पुग्नु र जित्नु हरेकको सपना हुन्छ, हामी त्यो सपनाको नजिक छौं ।’

महिला आइस हकीको सुपर पावर क्यानडालाई हराउनु अमेरिकी टोलीका लागि सहज भने हुने छैन ।

क्यानडा लगातार पाँचौं पटक ओलम्पिक च्याम्पियन बन्ने लक्ष्यमा छ । यसअघिका तीन फाइनलमा त उसले अमेरिकालाई नै हराएको छ । चार वर्षअघिको सोची ओलम्पिकमा पनि अमेरिका पराजित भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey