इबिएको दोहोरो जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-०९
  • |
  • 174 पटक हेरिएको

आयोजक इडन ब्रिज एकेडेमी (इबिए) ‘ए’ ले प्रथम इबिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्स थ्री बाइ थ्रीमा बुधबार दोहोरो जित हात पारेको छ ।

धापासीस्थित घरेलु कोर्टमा इबिए ‘ए’ ले ओडिसीलाई ५–३ तथा बीएनएलाई ५–४ अंकले पराजित ग¥यो । दुवै खेलमा इबिए ‘ए’ की इशा मगरले सर्वाधिक गर्ने क्रममा ओडिसी विरुद्ध ३ र बीएनए विरुद्ध ४ अंक जोडिन् । गल्र्समै बीएनले ओडिसीलाई ३–१ ले हरायो । बीएनएकी मनीषा शाहले ३ स्कोर गरिन् ।

जुनियर ब्वाइजमा लालीगुराँसले पारामाउन्ट एकेडेमीलाई १५–२ ले पन्छायो । लालीगुराँसका सुमित घलेले १० अंक जोडे ।

प्रतियोगिताको इबिएका प्रिन्सिपल प्रेमकुमार राईले एक कार्यक्रमबीच उद्घाटन गरे । सोमबारसम्म चल्ने प्रतियोगिताको ब्वाइजमा १२ तथा गल्र्समा १६ टिम सहभागी छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey