ग्रामर र न्यु भिजनलाई फिजम कप

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०७
  • |
  • 284 पटक हेरिएको
काठमाडौं ७ फागुन । ग्रामर पब्लिक स्कुल र न्यु भिजन एकेडेमीले दोश्रो फिजम कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । ग्रामर ब्वाइजमा पहिलो भयो भने डिफेन्डिङ च्याम्पियन न्यु भिजनले गल्र्समा उपाधि रक्षा ग-यो ।
संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) द्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा ग्रामरले स्वर्णिम तारालाई ३५–२९ ले पराजित ग¥यो । ग्रामरका सौगात राईले १६ अंक जोडे । जेनिअमले तेश्रो स्थानमा चित्त बुझायो ।
कोटेश्वरस्थित घरेलु कोर्टमा भएको गल्र्सको उपाधि भिडन्तमा न्यु भिजनले ग्रामरलाई २६–१४ ले हरायो । न्यु भिजनकी कुसुम श्रेष्ठले १३ स्कोर गरिन् । हिमालय तेश्रो भयो ।
ब्वाइजमा ग्रामरका आर्यन मल्ल तथा गल्र्समा न्यु भिजनकी कुसुम श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा न्यु भिजन र गल्र्समा जेनिअमले अनुशासित टिमको उपाधि हात पारे ।
विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, फिजमका अध्यक्ष एवं केन्द्रीय प्याब्सनका सचिव आरबी कट्वाल, उपाध्यक्ष अमृत खड्कालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
फागुन २ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा १२ तथा गल्र्समा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey