नामी कप थ्री बाइ थ्री अन्तर ए लेभल छात्र बास्केटबलकाे उपाधि मल्पीलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-०८
  • |
  • 333 पटक हेरिएको

मल्पी ‘बी’ ले नामी कप थ्री बाइ थ्री अन्तर ए लेभल छात्र बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।

जोरपाटीमा भएको फाइनलमा मल्पी ‘बी’ ले आयोजक नामी ‘ए’ लाई १६–८ ले पराजित ग-यो । मल्पी ‘बी’ का टासी फुन्सोक शेर्पा र केनोर दोर्जे नेपालीले समान ७–७ तथा अनन्य भट्टराईले २ अंक जोडे । केनोर ‘मोस्ट भेलुएबल प्लेयर’ पनि घोषित भए ।

त्यसअघि मंगलबारै भएको सेमिफाइनलमा मल्पी ‘बी’ ले आफ्नै ‘ए’ टिमलाई १२–४ तथा नामी ‘ए’ ले ब्रिटिस मोडेल कलेजलाई १८–१३ ले हराउदै उपाधि भिडन्त पक्का गरेका थिए ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, नामीका प्रमुख कार्यकारी अधिकृत पवन पोखरेल, नामीकी प्रिन्सिपल विदिशा चक्रवर्ती र ए लेभल को–ओर्डिनेटर यशोधरा प्रसाईंले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा आयोजक नामी र मल्पीको २–२ टिमसहित १४ टिम सहभागी थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey