प्रधानमन्त्री कप भलिबलको उपाधि एपीएफलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०७
  • |
  • 185 पटक हेरिएको

 

फागुन ७, बाँके । पाँचौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लवले जितेको छ ।

नेपालगञ्ज रंगशालाको अवर्डहलमा सोमबार भएको फाइनलमा न्यू डायमण्डबिरुद्ध ३–२ को सेटमा कठिन जित निकाल्दै एपीएफ विजयी भएको हो ।

खेलमा न्यू डायमण्डले सुरुआती अग्रता जोगाउन सकेन । पहिलो सेट २५–१२ ले जितेको न्यू डायमण्डले त्यसपछिका दुई सेट क्रमसः २५–२१ र २५–१६ ले गुमायो । चौथो सेट न्यू डायमण्डले २५–२१ ले जितेपछि खेल २–२ को अवस्थामा पुग्यो ।

अन्तिम तथा निर्णायक सेटमा एपीएफ भाग्यमानी सावित भयो । दुई पटकसम्म म्याच प्वाइन्टमा पुगेर चुक्न पुगेको न्यू डायमण्डले खेल १९–१७ ले गुमायो ।

रोमाञ्चक बनेको फाइनलमा शिवम न्यु डायमन्डकी प्रतिभा मालीले एक्लैले ५४ अंक जोडेकी थिइन । तर टिमले भने उपाधि जित्न सकेन ।

उपाधि विजेता एपीएफले २ लाख, उपविजेता न्यू डायमण्डले १ लाख र तेस्रो भएको नेपाल पुलिसले ५० हजार पुरस्कार पायो । सोमबारै भएको तेस्रो स्थानको खेलमा पुलिसले बंगलादेशी टोली इफाटमाथि जित निकालेको थियो ।

बिधागततर्फ एपिएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी, प्रतिभा उत्कृष्ट स्पाइकर, न्यु डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो, उत्कृष्ट सेटर न्यु डायमन्डकै कृपा अधिकारी, उत्कृष्ट सर्भर एपिएफकी नेबिका चौधरी र उत्कृष्ट ब्लकरमा एपिएफकी हिरा केसी चुनिइन् ।
प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी ६ टोलीको सहभागिता थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey