ओप्स खेलकुद महोत्सव मंगलबारदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-०७
  • |
  • 142 पटक हेरिएको

काठमाडौं । अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजनामा बृहत खेलकुद महोत्सव मंगलबारदेखि सुरु हुने भएको छ । महोत्सव अन्तर्गत सृजना ज्ञानसागरको संयोजकत्वमा फुटबल हुनेछ भने कौशल स्कुलले एथलेटिक्स, लालिगुरासले बास्केटबल, एन्जल्स्हार्टले ब्याडमिन्टन र सेब स्कुलले भलिबल खेल सञ्चालन गरिने ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

महोत्सवअन्तर्गतको छात्र फुटबल मंगलबारदेखि सुरु हुनेछ । सिर्जना ज्ञानसागर स्कुलको संयोजनमा हुने प्रतियोगितामा ओप्सअन्तर्गतका १६ विद्यालयको सहभागिता रहेको प्रतियोगिता संयोजक राजेन्द्रप्रसाद फुँयालले जानकारी दिए ।

एथलेटिक्स तथा फुटबल प्रतियोगिता तारकेश्वर नगरपालिका–५ गोलढुंगामा अवस्थित मैदानमा हुने छ । एथलेटिक्सको प्रतिस्पर्धा माघ ११ गते हुनेछ । पुरुष फुटबलमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह एमा मनास्लु, मस्र्याङ्दी, पुष्पकुञ्ज र न्युटन, समूह बीमा एन्जेल हर्ट, विभूति, प्रगति र ज्ञानमन्दिर रहेका छन् । यसैगरी समूह सीमा हिमरश्मी, सीएचए, सेब र मञ्जरी तथा समूह डीमा कौशल, सृजना ज्ञानसागर, फेरील्यान्ड र लालीगुराँस रहेका छन् । प्रतियोगिताका खेलहरु लिगकम नकआउटका आधारमा सञ्चालन हुनेछ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टोलीले आकर्षक नगद पुरस्कार पाउने छन् । यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले पनि आकर्षक पुरस्कार पाउने छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey