इबिए बास्केटबल बुधबारदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-०७
  • |
  • 176 पटक हेरिएको

इडेन ब्रिज एकेडेमी (इबिए) को आयोजनामा प्रथम इबिए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।

प्रतियोगितामा सिनियर गल्र्सतर्फ १६ र जुनियर ब्वाइजमा १२ टिमको सहभागिता रहने इबिएका प्रिन्सिपल प्रेमकुमार राईले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । गल्र्सको स्पर्धा थ्री बाइ थ्री स्वरुपमा हुनेछ ।

लिग कम नकआउट आधारमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । छदिने प्रतियोगिताका खेलहरु धापासीस्थित आयोजककै कोर्टमा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey