तेक्वान्दाे विवाद समाधान ;-‘छेपाराेकाे कथा जस्ताे बन्दै’

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१०-०७
  • |
  • 669 पटक हेरिएको

सन् २०२० मा हुने टोकियो ओलम्पिकका लागि नेपाल तेक्वान्दो संघले प्रारम्भिक छनोटबाट ५ जना खेलाडी छानेको छ । करीव डेढ बर्ष भन्दा बढि समय बाँकि रहेका बेला खेलाडीलाई तयार पार्न नेपाल तेक्वान्दो संघले गरेको खेलाडी छनोट गरेको हो ।

तर नेपालमा दुई वटा संघ अस्तित्वमा हुँदा बारम्बार विवाद भइरहेको अवस्थामा नेपाल तेक्वान्दो संघले गरेको खेलाडी छनोट कतिको सान्दर्भिक हो, त्यो भने प्रष्ट छैन । राष्ट्रिय र अन्तराष्ट्रिय मान्यता भनेर बारम्बार दुई वटा संघको चेपुवामा कुनैपनि अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनु भन्दा अगाडी खेलाडी नै परेका हुन्छन । यसपटक पनि नेपाल तेक्वान्दो संघले गरेको खेलाडी छनोटमा राष्ट्रिय तेक्वान्दो संघले फेरी विरोध नजनाउला भन्न सकिन्न, किनकी यो छनोटमा उनीहरुका खेलाडी समावेश छैनन् ।

यता दुई वटा संघको विवादका लागि राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयले नै एउटा कमिटी गठन गरेको छ । जसले यहि नौ गते दुबै पक्षलाई बोलाएर छलफल गर्ने बताएको छ । परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले हामीलाई जानकारी नगरि छनोट गरेको छ, उनीहरुले अहिले गर्दै गरुन, हामीले नौ गते दुई पक्षलाई मन्त्रालयमा बोलाएका छौ, त्यो छलफल पछि यो तेक्वान्दोको विवादलाई साम्य पार्छौ, उनले बताए ।

तर कसरी भन्ने प्रश्नमा उनले, अब दुबै पक्ष मिलेर अगाडी गए भने ठिक छ, होइन भने जसले अडचन गर्न खोज्यो, त्यसलाई खारेज गरेर अर्कोलाई आधिकारीता दिने, यदि दुबैले आफ्नो अडान राखेभने दुबैलाई खारेज गरेर विलकुल नयाँ कार्यसमिती तयार पार्ने रणनितीमा जाने उनले बताए ।
उपाध्यक्ष तिम्सिनाले जति सजिलो किसिमले बताए, त्यो दुबै संघलाई मिलाउन सजिलो भने छैन, यसका लागि ओलम्पिक कमिटीले पनि परामर्स गर्नु निकै आवश्यक छ, अन्तराष्ट्रिय तेक्वान्दो महासंघको मान्यतालाई पनि ध्यानमा राख्नुपर्ने हुन्छ ।

ओलम्पिकका लागि खेलाडी छनोट गर्नु अघि तेक्वान्दो संघले विवादलाई ध्यानमा दिन जरुरी पर्ने थियो की थिएन, त्यो उनीहरुले बुझ्नु पर्ने हो । तर नेपाल तेक्वान्दा संघको कार्यसमितीका एक पदाधिकारीले तपाईहरुले सोचेको जस्तो विवाद हामीसँग छैन, भित्रिरुपमा कुनै कठिनाई छैन, सबै देखिएको विवाद साम्य हुन कुनै कठिनाई छैन, तर अर्को पक्ष पनि मिल्ने बातारणका साथ आउनु पर्छ । यता राष्ट्रिय तेक्वान्दो संघका एक पदाधिकारीले हामी मिल्न तयार भएपनि अर्को पक्षले सोचेको जस्तो काम नगरेको बताए ।

कुनैपनि खेलमा दुई वटा संघ हुँदा त्यसको फाइदा भन्दापनि बेफाइदा हुन्छ भन्ने थाहाँ हुँदा हुँदै किन त्यसको समाधानका लागि काम हुन सकेको छैन, त्यो ठुलो प्रश्न रहेको छ । बर्षौ देखि विवाद हुँदा हुँदैपनि किचलोमै अन्तराष्ट्रिय सहभागिता जनाउने, अन्तिम समयमा खेलाडीलाई मानसिक तनाव दिने प्रवृती नेपालमा साम्य होला जस्तो नत खेलाडीलाई नै लाग्छ, न त खेलकुद जानकारलाई नै ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey