आर्मी हेटौंडा गोल्ड कपको सेमिफाइनलमा, सुदूरपश्चिम टाइब्रेकरमा ५–३ गोलले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-०७
  • |
  • 161 पटक हेरिएको

त्रिभुवन आर्मी क्लब हेटौंडा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । सुदूरपश्चिम ११ लाई टाइब्रेकरमा ५–३ गोलले हराउँदै आर्मी हेटौंडा गोल्डकपको अन्तिम चारमा पुगेको हो ।

हेटौडामा भएको खेलमा आर्मी र सुदुरविच निर्धारीत ९० मिनेट १-१ गोलको बराबरीमा सकिएको थियो ।

खेलको ७० औं मिनेटमा नवयुग श्रेष्ठको गोलमा आर्मीले अग्रता लिएको थियो । तर, सुदूरपश्चिमका विनोद केसीले खेल सकिन ८ मिनेट बाँकी हुँदा गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।

उनले योगेन्द्र चौधरीको पासमा विनोदले सिक्स यार्ड बक्सबाट गोल गर्न सफल भए । त्यसपछि पेनाल्टीमा आर्मीका लागि नवयुग श्रेष्ठ, भरत खवास, दिप लामा, विमल बस्नेत र गोलकिपर विकेश कुथुले गोल गरे ।

सुदूरपश्चिमका लागि विनोद केसी, योगेन्द्र चौधरी र चेतन थारुले मात्र गोल गर्न सके । राकेश हमालको प्रहार पोलमा लागेर फर्किन पुग्यो ।

प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ पाउनेछन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey