नेपाली क्रिकेट टिमका सदस्यलाई जनही ३ लाख

0

काठमाडौ ७ फागुन ।  सरकारले आईसीसी डिभिजन वानमा उक्लिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

नेपाली राष्ट्रिय टोली हालै नामिवियामा भएको डिभिजन टुमा उपविजेता बन्दै वानमा उक्लिएको थियो । डिभिजन वानमा उक्लिएसँगै नेपाल आगामी फागुन २० गते देखि जिम्बावेमा आयोजना हुने विश्वकप क्वालिफायर राउन्डमा सहभागि हुँदै छ ।

त्यसकालागि शनिबार जिम्बाबे जाने टोलीलाई शुक्रबार काठमाडौमा विदाई समारोहमा जनही ३ लाख रुपैयाँ प्रदान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताए ।

Post Add 1025X115
Loading...